अनशनरत डा.गोविन्द केसीको जीवनरक्षाका लागि सार्थक पहलकदमी लिन सरकारसमक्ष माग
प्रकाशित मिति
२०७७ आश्विन १६ गते, शुक्रबार ०५:५५
Dr. Govinda K.C., who is on a hunger strike, lies on a hospital bed at Teaching Hospital in Kathmandu, Nepal, Wednesday, April 1, 2015. Thousands of doctors in Nepal have stayed away from their work at clinics and hospitals to support the doctor who has been on a hunger strike for the past 10 days demanding reforms in medical education and services. (AP Photo/Niranjan Shrestha)
काठमाडौं, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अनशनरत डा.गोविन्द केसीको जीवनरक्षाका लागि सार्थक पहलकदमी लिन सरकारसमक्ष माग गरेको छ । इन्सेकका अध्यक्ष डा.इन्दिरा श्रेष्ठले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा व्यक्तिको जीवन रक्षा गर्ने संवैधानिक दायित्व सरकारको भएको स्मरण गराउँदै सार्थक वार्ताका लागि माग गरिएको छ ।
“डा.गोविन्द केसी १९ औँ अनशन बस्नुभएको १८ दिन पूरा भएको छ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा एमबीबीएस कार्यक्रम सञ्चालन र विभिन्न भ्रष्टाचार काण्डको छानविन गर्नुपर्नेलगायतका छबुँदे माग राखी अनशनरत डा. केसीको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति इन्सेक चिन्ता जाहेर गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।रासस






प्रतिकृया