• २ असोज २०८३, शुक्रबार
  • ४ः१७ बेलुका

कुनै पनि तहको शैक्षिक सत्र खेर जान नदिने : शिक्षामन्त्री

प्रकाशित मिति

२०७७ भाद्र १७ गते, बुधबार ०३:२९

काठमाडौं, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिक सत्र खेर जान नदिने बताएका छन् ।

National Life

बुधबार सत्तारूढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका पदाधिकारीसँगको भर्चुअल अन्तर्क्रिया मन्त्री पोखरेलले पाठ्यभार घटाएर भएपनि पूर्व निर्धारित समयावधिभित्रै शैक्षिकसत्र पूरा गरेरै छाड्ने प्रतिवद्धता जनाएका हुन् ।पोखरेलले वैकल्पिक सिकाई सहजीकरण निर्देशिका परिमार्जन गर्दै त्यसलाई पनि मुल्यांकन र परीक्षाको अभिन्न अंग बनाउने बताएका छन्। उनले वैकल्पिक सिकाइका लागि नेपाल सरकार अन्तर्गत छुट्टै डेडिकेटेड टेलिभिजन खोल्ने सोच पनि अघि सारेका छन् ।

‘मैले ब्यवस्थित वैकल्पिक शिक्षाका लागि प्रधानमन्त्रीज्यूसँग छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने प्रस्ताव लगेको छु, त्यस्तो टेलिभिजनले विहान माध्यमिक तहलाई,दिउँसो आधारभुत तहलाई र साFझ विश्वविद्यालय तहलाई सिकाइने ब्यवस्था मिलाइनेछ’ उनले भने ।यस्तो प्रस्तावमा प्रधानमन्त्री पनि सकारात्मक रहेको शिक्षामन्त्री पोखरेलको भनाइ छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा अनेरास्ववियूका संयोजक ऐन महरले वैकल्पिक सिकाइलाई सबै विद्यार्थीको पहुँचमा पुर्‍याउनुपर्ने धारणा राखे ।सहसंयोजक रञ्जित तामाङले कक्षा १२ को परीक्षावारे अविलम्ब निर्णय गर्न शिक्षामन्त्रीलाई आग्रह गरे । भर्चुअल अन्तरक्रियामा अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेत, रश्मी आचार्य, तिलकराज भण्डारी, दीपक देवकोटा, पञ्चा सिंह, सुनीता बराल, विजय गौतमलगायत ३१ जना विद्यार्थी नेता सहभागी थिए ।

अन्तर्क्रियामा विद्यार्थी नेताहरुले जसरी भए पनि शैक्षिक सत्र जोगाउन, वैकल्पिक सिकाइको पुनरावलोकन गरी थप प्रभावकारी बनाउन, अवरुद्घ परीक्षा वैकल्पिक विधिवाट संचालन गर्न, कक्षा ११ को नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न माग गरेका थिए ।

प्रतिकृया