इन्डियन प्रिमियर लिग यूएईमा सार्ने बीसीसीआईको तयारी
प्रकाशित मिति
२०७७ श्रावण ३ गते, शनिबार ०७:२७
एजेन्सी, इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी संस्करण यूएईमा हुने सम्भावना बढेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आईपीएलका लागि आगामी सेप्टेम्बर २६ देखि नोभेम्बर ७ सम्म गर्न सकिने आकलनसहित तयारी सुरु गर्दैछ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पुरुष टी ट्वान्टी क्रिकेट विश्वकप स्थगित भएको घोषणा गरेलगत्तै बीसीसीआईले प्रिमियर लिगको तिथि सार्वजनिक गर्ने तयारी गरेको छ । टी ट्वान्टी विश्व कप क्रिकेट अक्टोबर १८ देखि नोभेम्बर १५ का लागि तय गरिएको छ । बीसीसीआईले भारत सरकारसँग प्रिमियर लिगको आगामी संस्करण यूएईमा सार्ने अनुमति मागेको छ ।
भारतमा कोभिड–१९ सङ्क्रमित हुनेको सङ्ख्या निरन्तर वृद्धि हुँदैगएपछि प्रिमियर लिगको भेन्युको विकल्प खोजिएको छ । भारत कोभिड–१९ बाट सङ्क्रमित हुने विश्वमै तेस्रो सबैभन्दा बढी प्रभावित राष्ट्र हो ।

Related
Recent News
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया