• २ असोज २०८३, शुक्रबार
  • २ः०७ दिउँसो

नेकाको पहल पछि वैदेशिक अध्ययनका अनुमतिपत्र आवश्यकता अनुसार जारी गर्ने मन्त्री परिषदको निर्णय

प्रकाशित मिति

२०७७ असार १३ गते, शनिबार ०९:५४

के कसरी र कुन कुन मुलुकका लागी जारी गर्ने भन्ने बिषयमा शिक्षा मन्त्री र नेकाका पदाधिकारीबीच छलफल

National Life

भक्तपुर, शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्री माननीय गिरिराज मणि पोखरेलले राष्ट्रिय शैक्षिक परामर्श संघ(NECA )का अध्यक्ष सन्तोष प्याकुरेल सहितको टोलीसँग गहन छलफल गर्नुभएको छ । छलफलमा वैदेशिक अध्ययनमा गएका बिद्यार्थीहरुको कोभिड १९ र लकडाउनले उत्पन्न गरेको स्थिति र परिस्थितिको बारेमा बिशेष छलफल भएको नेकाका अध्यक्ष सन्तोष प्याकुरेलले बताउनुभयो । मन्त्री पोखरेलसँगको भेटमामा बिदेश अध्ययनमा जादा बिद्यार्थीले अनिवार्य रुपमा बनाउनु पर्ने अध्ययन अनुमती पत्र जारी गर्ने प्रकृयालाई पुनः सुचारु गर्ने मोडालिटिको बारेमा पनि छलफल भएको अध्यक्ष प्याकुरलले बताउनु भयो।

अध्यक्ष प्याकुरेलले अब छिट्टै नै परामर्श ब्यवसायलाइ सुचारु गर्ने, तयारी कक्षालाई भने अनलाइन नै सन्चालनमा लगिने कुरामा आशावादी भएको बताउनु भयो । हाल नेपालमा दुई हजारको संख्यामा वैदेशिक शैक्षिक परामर्श संस्थाहरु संचालनमा रहे पनि कोभिड १९ को महामारीका कारण तीन महिना देखि बन्द छन् भने एनओसी रोकिएका कारणले ४ महिना देखी बिदेश अध्ययन प्रक्रिया अवरुद्ध छ ।

Classic Tech Mobile
Classic Tech Desktop

जसका कारण लगभग ४ हजार बिदेश अध्ययनमा जान चाहने बिद्यार्थीहरु मारमा परेका छन् भने ५ अर्ब को लगानी र लगभग ४० हजार कर्मचारीको जागीर जोखिममा परेको छ नेकाले जनाएको छ । यस अघि पनि संघले एन ओ सी खोल्नुपर्ने माग गर्दै शिक्षा मन्त्रालयका सहसचिव तथा उच्च शिक्षा महाशाखा प्रमुख रामशरण सापकोटासंग छलफल गरेको थियो ।

दुबै भेटमा नेकाका कोषाध्यक्ष रमण कोइराला लगायत संघका सदस्यहरूको समेत सहभागिता रहेको थियो । वैदेशिक अध्ययनका लागि आवश्यक अनुमतिपत्र आवश्यकता अनुसार जारी गर्नु भनी मन्त्री परिषदले निर्णय गरिसके पछि के कसरी र कुन कुन मुलुकका लागी जारी गर्ने भन्ने काम शिक्षा , बिज्ञान तथा प्रबिधि मन्त्रालयले गरिरहेको जनाएको छ ।

प्रतिकृया