• २१ भदौ २०८३, आइतबार
  • ५ः३६ बेलुका

हुरीले घरको छानो उडाएर किच्दा छोराको मृत्यु, बाबु घाइते

प्रकाशित मिति

२०७७ बैशाख २२ गते, सोमबार ०६:२७

सर्लाही, सर्लाहीको कविलासीमा हावाहुरीले घरको छानो उडाएर किच्दा एक युवकको मृत्यु भएको छ । सोमवार दिउँसो आएको हावाहुरीले आफ्नै घरको जस्तापाताको छानो उडाएर किँच्दा कविलासी नगरपालिका–३, बिनग्राका सोनेलाल राय यादवका छोरा १९ वर्षीय राजेश राय यादवको मृत्यु भएको हो ।

National Life

भर्खरै हालेको जस्तापाताको छानो ठूलो हावाहुरी आएर उडाउन खोजेपछि यादवका बाबु छोरा मिलेर छानो समाएर बसेका थिए । त्यसक्रममा हावाहुरीले छानोसँगै युवकलाई समेत उडाएर झण्डै ४० फिट पर पु¥याएको प्रहरीले जनाएको छ ।

जस्तापाताले किच्दा पाखुरा, निधार र गालामा गहिरो चोट लागेको युवकको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालयले जनाएको छ । घटनामा राजेशका बाबु ५० वर्षीय सोनेलाल सामान्य घाईते हुनु भएको छ ।

Classic Tech Desktop

सोमवार दिउँसो जिल्लाको दक्षिणी भेगमा केहीबेर ठूलो हावाहुरीसहित पानी परेको थियो । हावाहुरीले दर्जनौं कच्ची घर तथा गोठका छानो उडाउनुका साथै अन्नबालीमा क्षति गरेको स्थानीय वासिन्दाले बताएका छन् । ठूल्ठूला रुख विरुवा जरादेखि नै उखाल्ने गरी हावाहुरी चलेको कविलासी नगरपालिकाका मेयर कौशलकिशोर रायले बताउनुभयो ।

प्रतिकृया