• २१ भदौ २०८३, आइतबार
  • १२ः१२ दिउँसो

लकडाउन उल्लंघन गर्ने १ हजार ३३१ जना पक्राउ

प्रकाशित मिति

२०७६ चैत्र २५ गते, मंगलवार ०९:४३

 

National Life

काठमाडौं । प्रहरीले एकाबिहानै लकडाउन उल्लङ्घन गर्ने १ हजार ३ सय ३१ जना पक्राउ गरेको छ ।

आज बिहान ८ बजेसम्ममा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १ हजार ३३१ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जसमा १ हजार ७६ जना पुरुष र २५५ जना महिला रहेको प्रहरीले जनाएको छ । यस्तै लकडाउन उल्लङ्घन गर्दै चलाईएका ३ सय ३८ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Classic Tech Desktop

ट्राफिक प्रहरीले यी गाडी अत्यावश्यक बाहेकमा कामका लागि चलाएको पाइए दिनभरि होल्ड गरेर बेलुकी मात्रै फिर्ता गर्ने गरेको छ ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन र सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

प्रतिकृया