• २१ भदौ २०८३, आइतबार
  • ११ः२१ बिहान

वरिष्ठ नेता नेपालले कमजोरी सच्याएर सरकार अघी बढ्न सुझाब

प्रकाशित मिति

२०७६ चैत्र २५ गते, मंगलवार ०९:३१

 

National Life

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले महामारीको रुपमा फैलिरहेको कोरोन भाइरस विरद्धको लडाईंमा कहाँ के कमीकमजोरी भए सच्चाएर अगाडि बढ्न सरकारलाई सुझाव दिएका छन् ।

वरिष्ठ नेता नेपाले सोमबार बिशेष ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै सरकारलाई देशका सबै तह, वर्ग र समुदायको विश्वास आर्जन गर्ने कार्यप्रणाली, जिम्मेवारीपूर्ण अभिब्यक्ति, अन्तर्राष्ट्रिय सहयोगको समन्वयजस्ता बिषयमा देखिएका कमिकमजोरी तत्काल सच्याएर जनताको विश्वास जित्न ध्यानाकर्षण गराएका हुन् ।

Classic Tech Desktop

‘विपद्को बेला मानिस धेरै संवेदनशील हुन्छ, यस्तो बेला सरकारले आफ्ना सीमित स्रोत साधनका बीच पनि रोकथाम, नियन्त्रण र उपचारका संभव सबै उपायहरू पारदर्शी रूपमा अवलम्वन गरी वास्तविक अभिभावकत्व प्रदान गर्नुपर्दछ,’ नेता नेपालले भनेका छन् ।

हालसम्म गरिरहेको प्रयासका लागि सरकारलाई धन्यवाद दिँदै नेता नेपालले भनेका छन्, ‘राज्यका परिभाषित काम गर्ने अंगहरूको सवलीकरण एवम् उच्च मनोवलसहितको द्रूत परिचालन, कुनै प्रकारको संशय वा द्विविधा उत्पन्न नहुने निर्णय प्रक्रिया, नेतृत्वका बीचमा पर्याप्त छलफल र विश्लेषण, बिशेषज्ञ सेवाको पूर्ण उपयोग, समाजका सबै तह, वर्ग र समुदायको विश्वास आर्जन गर्ने कार्यप्रणाली, जिम्मेवारीपूर्ण अभिब्यक्ति, अन्तराष्ट्रिय सहयोगको समन्वय जस्ता बिषयमा देखिएका कमजोरी तत्काल सच्याएर जनताको विश्वास जित्न सरकारको बिशेष ध्यानाकर्षण समेत गराउँछु ।’यसैगरी कठीन परिस्थितिमा आगामी संभावनाहरूको राम्रो विश्लेषण गरी राज्यका सम्पूर्ण निकायहरूको सुरक्षित एवम् प्रभावकारी परिचालन गर्न र परीक्षणको दायरालाई फराकिलो बनाउन पनि नेता नेपालले माग गरेका छन् ।

उनले फ्रन्ट लाईनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरू तथा अत्यावश्यक सेवा प्रदान गर्नेहरूको स्वास्थ्य सुरक्षामा थप ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । यस्तै अत्यावश्यक उपभोग्य बस्तुको मूल्यबृद्धि एवम् अभाव हुन नदिन पनि सरकारलाई आग्रह गरेका छन् ।

प्रतिकृया