अब छिटै नेपालमा चिनबाट स्वास्थ्य सामग्री आउँदै
प्रकाशित मिति
२०७६ चैत्र २५ गते, मंगलवार ०९:१०
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन सरकारले चाँडै नेपाललाई मेडिकल सामग्री र उपकरण पठाउने लागिएको बताएको छिन् ।

चीन र विश्वका अन्य देशमा महामारी फैलिएपछि नेपाल सरकारले अपनाएका उपायको उनले उच्च प्रशंसा समेत गरेकी छन् । राजदूत यान्छीले नेपाल, दक्षिण एसियासहित विश्वका एक सय २० देशलाई चीनले सहयोग गरिरहेको उल्लेख गरेकी छन् ।
चिनियाँ राजदूत यान्छीले नेपाली सञ्चारमाध्यमलाई पठाएको प्रश्नोत्तरसहितको वक्तव्यमा चीनलाई गाह्रो परेका वेला नेपालले महत्वपूर्ण सहयोग गरेको भन्दै प्रशंसा व्यक्त गरेकी हुन् । ‘चीनले पनि नेपाललाई सहयोग पुर्याउन कोसिस गरिरहेको छ ।

हाम्रो दूतावासले हालै नेपालका सम्बन्धित मन्त्रालयहरूसँग कागजात आदानप्रदान गरेको छ, भिडियोमा कुराकानी गरेको छ । उस्तेमहामारी रोकथाम र नियन्त्रण, क्लिनिकल उपचार, भन्सार क्वारेन्टाइन सम्बन्धी जानकारी र अनुभव बताइरहेको उनले स्पष्ट पारिन् ।
चीनको केन्द्र सरकारले नेपाललाई भौतिक सहयोग प्रदान गर्ने भनिएको छ । यसका लागि दुवै पक्ष सम्पर्कमा छन् । चीनका केही स्थानीय सरकार र नागरिक समाजहरूले सक्रिय रूपमा नेपाललाई आवश्यक पर्ने सामग्री जुटाउन कार्य गरेको उनले जानकारी दिइन । हाल सामान ल्याउनका लागि यातायातको समस्या रहेको छ । चिनियाँ दूतावासले भन्सार निकासी र यातायातको सहजता सुनिश्चित गर्न सबै पक्षसँग समन्वय गरि रहेको छ ।



प्रतिकृया