लकडाउनको पूर्ण पालना गर्न विकास समितिका सभापति कोइरालाको आग्रह
प्रकाशित मिति
२०७६ चैत्र १९ गते, बुधबार ०४:३४
काठमाडौं, गण्डकी प्रदेश सभाका सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गर्न आग्रह गर्नुभएको छ ।

सभापति कोइरालले आज आफ्नो फेसबुकबाट जनतालाई प्रत्यक्ष सन्देश दिदै उहाँले अत्यावस्यक काम बाहेक घरबाहिर ननिस्कन अनुरोध पनि गर्नुभयो । अहिले सरकारलाई सहयोग गर्नुबाहेक अर्को विकल्प छैन भन्दै उहाँले बजारमा कतै कालोबजारी भए जनता दुःखमा परे सिधा आफुलाई ९८५६०२३१६१मा फोन गर्न आग्रह गर्नुभयो ।
पहिलेका विपतमा जस्तो यस पटकको विपतमा बजारमा समस्या नदेखिएको बताउदै आफ्नो समितिले लकडाउन भन्दा अगाडि बैठक बसेर समस्या आउन नदिन सम्बन्धित निकायलाई दिएको निर्देशनले काम गरेको कोइरालाको भनाईछ ।

अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण ८ लाख ५८ हजार भन्दा बढि संक्रमित र ४२ हजार भन्दा धेरैको मृत्यु भएको भन्दै कोइरालाले सवै जना सेचेत रहन आग्रह गर्नुभएको छ । कोइरालाले अहिलेको समय कोभिड १९ विरुद्ध सवै लड्नुपर्ने समय भएकोले सरकारलाई साथ दिन आग्रह गर्दे यदि कतै भष्टचार भएको भए पछि छानविन गरेर कारवाही हुने बताउनु भएको छ ।
उपचारमा खटिनु भएका स्वास्थ्यकर्मी, फिल्डमा खट्ने सुरक्षाकर्मी प्रति आभार प्रकट गर्दे अत्याबस्यक काममा हिड्नै पर्नेलाई दुःख नदिन सुरक्षाकर्मीलाई आग्रह गर्नुभएको छ । आफ्नो आबश्यकक्ता जनतामा परेमा आफु–जनताकोमा जान तयार रहेको तर अहिले आफु पनि घरमै बसेको उहाँको भनाईछ ।
कोइरालाले गण्डकी प्रदेश सरकार र स्थानिय सरकारहरुले अति विपन्न दैनिक ज्यालामा काम गर्ने मजदुर अपाङता भएका व्याक्ति दैनिक गुजारा चलाउन नसकेकाहरुलाई राहत दिन लागेकोले सोही प्रकारका ब्यक्तिहरुले मात्र राहत पाउने बातावरण बनाउन पनि आग्रह गर्नुभएको छ ।



प्रतिकृया