• २२ भदौ २०८३, सोमबार
  • १२ः५९ राती

सातवटै प्रदेशबाट कोरोनाको परीक्षण शुरु

प्रकाशित मिति

२०७६ चैत्र १९ गते, बुधबार ०४:०२

काठमाडौं, उपत्यकाबाहिर कोरोना (कोभिड–१९) को नमुना परीक्षण धमाधम भइरहेको छ। मंगलवार परीक्षणका लागि मेसिन पुगेपछि सातवटै प्रदेशमा नमुना परीक्षण धमाधम भइरहेको जनाइएको छ। धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा परीक्षण सोमवारदेखि नै शुरु भएको हो। अहिले धरानमा दैनिक १२ जनाको स्वाब परीक्षण शुरु गरिएको प्रतिष्ठानका कार्यवाहक उपकुलपति गुरु खनालले बताए।

National Life

ती सबैको नेगेटिभ रिर्पोट आएको उनले जानकारी दिए। अरूको थप परीक्षण गर्ने तयारी भइरहेको छ। यसैगरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले मंगलवारबाट स्वाब परीक्षण सेवा शुरु गरिएको जानकारी दिए। उनका अनुसार अहिलेसम्म तीन वटा परीक्षण गरिएकोमा दुई जनामा संक्रमण नदेखिएको र अर्का एक जनाको भने रिर्पोट आउन बाँकी छ।

प्रदेश नम्बर २ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नम्बर ५ को बुटवलमा पनि आज साँझबाट नमुना परीक्षण गर्ने तयारी रहेको कोभिड–१९ प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालले जानकारी दिए।

Classic Tech Desktop

उनका अनुसार यी चारै स्थानमा नमुना परीक्षणका लागि प्रोटेबल पिसिआर मेसिनसहित सम्पूर्ण सामग्री पुगिसकेको छ। यसअघि नै प्रयोगशाला सञ्चालन गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनशक्ति खटाइसकेको छ।

मन्त्रालयले अहिलेको लागि दैनिक १२ जनाको नमुना परीक्षण गर्ने गरेता पनि चाँडै नै प्रयोगशालाको स्तरवृद्धि गरेर सातवटै प्रदेशबाट दैनिक एक हजार जनाको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको समितिका खनालले जानकारी दिए।

प्रतिकृया