• २२ भदौ २०८३, सोमबार
  • ६ः३८ बेलुका

चीनको जिलोङ काउन्टी प्रशासनले रसुवाईला स्वास्थ्य सामग्री प्रदान

प्रकाशित मिति

२०७६ चैत्र १८ गते, मंगलवार ०७:०६

काठमाडौं । कोरोना भाइरस (कोभिड– १९) संक्रमण फैलन नदिन रसुवालाई चीनको जिलोङ काउन्टी प्रशासनले स्वास्थ्य सामग्री बितरण गरेको छ ।

National Life

सीमानाका रसुवागढीमा चीनको स्वशासित क्षेत्र तिब्बतअन्तर्गतको जिलोङ काउन्टी प्रशासनले रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीलाई कोरोना रोकथामका स्वास्थ्य सामग्री सोमबार बितरण गरेका थिए। मागअनुसार रसुवाका लागि १५ प्रकारका स्वास्थ्य सामग्री उपलब्ध गराएको भण्डारीले बताए ।

जिलोङ काउन्टीले पिपिई सय थान, डिस्पोजेबल गाउन सय थान, आई प्रोटेक्सन गगल्स एक सय २० थान, डिस्पोजेबल हेड कभर दुई सय थान, एन–९५ मास्क चार सय थान र डिस्पोजेबल मास्क १० हजार थान बितरण गरेको छ । त्यस्तै, ह्यान्ड स्यानिटाइजर ८० पिस, इन्फ्रारेड थर्मोमिटर १४ थान, सर्जिकल ग्लोभ्स आठ सय पिसल गायतका सामग्री उपलब्ध गराएको जाकारी दिएका छन्।

Classic Tech Desktop

त्यसै रसुवाका प्रतिनिधिसभा सदस्य मोहन आचार्यले पनि शनिबार जिल्ला विपत् व्यवस्थापन समितिलाई पिपिई ३५ सेट, डिस्पोजेबल मास्क पाँच हजार थान, सर्जिकल ग्लोभ्स तीन सय ५० पिस र ह्यान्ड स्यानिटाइजर १४ थान उपलब्ध गराएका थिए । जिल्ला विपत् व्यवस्थापन समितिलाई प्राप्त सामग्री आवश्यकताअनुसार सरकारी अस्पताल, स्वास्थ्य चौकी, हेल्थ डेक्स, क्वारेन्टाइन तथा आइसोलेसन कक्ष प्रयोजनका लागि उपयोग हुने भण्डारीको बताए। बिश्व व्यापिमहामारीको रुपमा फैलिएको कोरोना भाइरस फैलिन नदिनका लागि स्वास्थ्य सामाग्रि वितरण गरिएको हो । वितरण गरिएको सामाग्रि कोरोनाको संक्रमाण फैलिन नलिने सामाग्रि थियो ।

प्रतिकृया