• ७ असार २०८३, आइतबार
  • ३:५८ बिहान

लकडाउन अवधिभर प्रहरीको पहलमा निःशुल्क खाद्यान्न वितरण, खाद्यान्न अभाव भए नम्बर १०० मा फोन गर्न आग्रह

प्रकाशित मिति

२०७६ चैत्र १८ गते, मंगलवार ०७:३५

 

काठमाडौं । कोरोना भाइरस संक्रमण जोखिक कम गर्न भन्दै सरकारले जारी गरेको लकडाउनका कारण प्रभावित भएका व्यक्तिलाई प्रहरीको पहलमा खाद्यान्न वितरण गरिएको छ ।

Kamana Sewa

लकडाउनका कारण प्रभावित भएका फरक क्षमता भएका व्यक्ति, अपाङ्ग र दैनिक ज्यालादारी गर्नेहरुलाई खाद्यान्न वितरण गर्न लागिएका महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।

Classic Tech Desktop

विभिन्न बैंक तथा वित्तिय संस्था र सहयोगीहरुसँगको समन्वयमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले निःशुल्क खाद्यान्न वितरण गर्न थालेको हो ।

जसअन्तर्गत सोमबार मानव कल्याण समाज झौखेल, भक्तपुरमा आश्रीत ६३ जना फरक क्षमता भएका तथा अशक्त व्यक्तिसहित हनुमन्ते कोरिडोर ठीमी चारदोबाटोमा बस्दै आएका २० जना र सल्लाघारीमा बस्दै आएका १२ जना दैनिक ज्यालादारी मजदुरहरुलाई खाद्यान्न वितरण गरिएको पोखरेलले जानकारी दिए । डीआईजी पोखरेलकै उपस्थितिमा निःशुल्क खाद्यान्न वितरण गरिएको थियो ।

‘मुलुक लकडाउनको यस बिषम् परिस्थितिमा भोको पेटकै कारण सिर्जित हुन सक्ने बिभिन्न अपराधहरु (चोरी, डकैती, हत्या, हिंसा, ठगी) रोकथाम तथा नियन्त्रणका साथै मानव सेवाको ध्येयले यस अभियानलाई लक डाउन अवधिभर निरन्तर संचालन गरिने छ,’ डीआईजी पोखरेलले बताए ।

लकडाउनको अवधिमा कुनै व्यक्तिलाई खाद्यान्न अभाव भए प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न समेत डीआईजी पोखरेलले आग्रह गरेका छन् ।

प्रतिकृया