• २२ भदौ २०८३, सोमबार
  • ५ः१७ बिहान

नारायणगढ–बुटवल सडक निर्माणको काम रोकियो

प्रकाशित मिति

२०७६ चैत्र ३ गते, सोमबार ०८:५८

नवलपुर । गण्डकी प्रदेशअन्तर्गत नवलपुरको गैडाकोटबाट सुरु गरिएकोे नारायणगढ बुटवल सडक निर्माणको काम रोकिएको छ ।

National Life

कोरोना भाइसरका कारण चीनबाट कामदार आउन नसक्दा काम रोकिएको सडक निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्ट्रक्सनले जनाएको छ ।

सडक निर्माणका लागि चीनबाट कामदार र इन्जिनियरहरु आउनु पर्ने भए पनि कोरोनाभाइसरका कारण कामदारहरु उतै रोकिएकाले निर्माणको काम हुन नसकेको नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका प्रमुख इन्जिनियर सुजन अधिकारीले जानकारी दिए ।

Classic Tech Desktop

सडक क्षेत्रमा पर्ने रुख कटान र कल्भर्ट निर्माणको कामबाहेक अरु काम अघि बढ्न नसकेको बताइएको छ । सडक खण्डको दायाँबायाँ पर्ने विद्युतका २४ सय पोल हटाउनका लागि टेन्डरको प्रक्रिया भए पनि पोल सार्ने कामसमेत रोकिएको छ ।

४५ महिनामा सक्ने गरी सम्झौता गरिएको सडक निर्माणको काम तोकिएको मितिमा सम्पन्न हुन नसक्ने देखिएको छ ।

प्रतिकृया