नेपाल-भारत मैत्री बस सेवा बन्द
प्रकाशित मिति
२०७६ चैत्र ३ गते, सोमबार ०९:०८
कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरबाट सञ्चालन हुँदै आएको नेपाल–भारत मैत्री बस सेवा आइतबारदेखि बन्द गरिएको छ । भारतको उत्तराखण्ड प्रदेशले कोरोना भाइरस संक्रमणको कारण देखाउँदै बस सेवा सञ्चालन नगर्न अनुरोध गरेपछि सेवा बन्द गरिएको महाकाली यातायातका अध्यक्ष डम्बर पन्तले जानकारी दिए ।

’जिल्ला प्रशासन कार्यालयमार्फत भारतीय प्रदेश सरकारको पत्रको जानकारी दिँदै बस सेवा रोक्न भनिएपछि बस सेवा बन्द गरेका छौँ’, उनले भने । अर्को आदेश नआउँदासम्म बस सेवा रोकिएको उनले बताए ।
महाकाली यातायातले नयाँदिल्ली, देहरादुनलगायतका क्षेत्रमा नेपाल–भारत मैत्री बस सेवा सञ्चालन गर्दै आएको छ । महाकाली, पवनदूतलगायतका आधा दर्जन बढी नेपाल–भारत मैत्री बस दैनिक सञ्चालनमा हुँदै आएका छन् । अन्नपूर्ण पोष्टबाट साभार गरिएको ।

Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया