ला लिगामा शीर्ष क्लब वार्सिलोना पराजित
प्रकाशित मिति
२०७६ माघ १२ गते, आईतवार १०:५९
स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको वार्सिलानो भ्यालेन्सियासँग पराजित भएको छ । गएराति भएको खेलमा पाहुना टोली वार्सिलोनालालाई भ्यालेन्सियाले २–० गोल अन्तरले परारजित गरेको हो । भ्यालेन्सियाको जीतमा म्याक्समिलानो गोमेजले दुवै गोल गरेका थिए ।

पहिलो हाफमा बराबरी खेले पनि दुवै गोल दोस्रो हाफमा सम्भव भएका हुन् । ४८ औं मिनेटमा गोमेजले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाए । २००७ पछि आफ्नै मैदानमा बार्सिलोनालाई पराजित गर्ने क्रममा गोमेजले नै ७७ औं मिनेटमा दोस्रो गोल गरे ।
नतिजासँगै बार्सिलोना ४३ अंकसहित शीर्ष स्थानमा छ भने समान ४३ अंक नै भएको रियल मड्रिड दोस्रो स्थानमा छ । वार्सिलोनालाई पराजित गरेको भ्यालेन्सिया ३४ अंकसहित पाँचौं स्थानमा छ ।

यस्तै गएराति नै भएका अरु खेलमा भिल्लारियलले डिपोर्टिभोमाथि २–१ गोल अन्तरले पराजित गरेको छ । त्यसैगरी सेभिल्लाले ग्रानडामाथि २–० को जीत दर्ता गर्दै तेस्रो स्थानमा उक्लिएको छ । इस्पानोल र एथ्लेटिक क्लब भने १–१ गोलको बराबरीमा रोकिए ।



प्रतिकृया