• २२ भदौ २०८३, सोमबार
  • ९ः५८ राती

डोटी जिल्लामा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित मिति

२०७६ माघ १२ गते, आईतवार ०७:०७

 

National Life

डोटी । डोटी जिल्लाको के आई सिंह गाउँपालिका वडा नम्बर ३ बासुदेबिमा नेपाली सेनाको रुद्रध्वज गण डोटीले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दा ४ सय १५ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

ग्रामीण भेगमा बसोबास गर्ने समुदायको स्वास्थ्य सेवामा सहज पहुच नहुदाँ स्वास्थ्य उपचारबाट बन्चीत हुनु नपरोस स्वास्थ्य सेवामा सहयोग पुगोस भन्ने उद्देश्यले शिबिरको आयोजना गरिएको थियो ।

Classic Tech Desktop

के आई सिंह गाउँपालिका र शैलेश्वरी अस्पतालको समेत सहयोग रहेको उक्त शिविरबाट १ सय ३८जना पुरुष र २ सय ७७ जना महिलाहरुले सेवा लिएको रुद्धध्वजगणका गणपति प्रमुख सेनानी रत्नकेशर खड्काले बताए ।

शिबिर बाट विशेष गरि न्यून आय स्तर भएका, दलित, गरिब घरपरिवारहरु बढी लाभाम्बीत भएको अपेक्षा गरिएको समेत प्रमुख सेनानी खड्काले बताए ।

शिबिरमा ३५ जनाले दाँतको परिक्षण १९ जना महिलाहरुको भिडीयो एक्सरे मार्फत गर्भवति चेकजाँच, ६७ जना बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरीएको थियो ।
शिबीरमा नेपाली सेनाले निःशुल्क औषधि उपलब्ध गराएको थियो भने नाक, कान, घाँटी, दाँत, आँखा, छाती, गाईनो, भिडीयो एक्सरे, छाला लगायतका विभिन्न रोगको चेकजाँच गरिएको थियो।

प्रतिकृया