प्राकृतिक भू–बनोट नष्ट हुने गरि भएको विकासले विनाश मात्रै निम्त्याउछ : पूर्वराष्ट्रपति यादव
प्रकाशित मिति
२०७६ माघ १२ गते, आईतवार ०७:०१
भक्तपुर । पूर्वराष्ट्रपति रामवरण यादवले विकासको नाममा भईरहेको प्राकृतिक सम्पदाको विनाशले आगामी २० वर्षपछि देशमा ठूलो संकट निम्त्याउने बताउनु भएको छ ।

भक्तपुरको कमलविनायकस्थित भोकेशनल एकेडेमीमा रबिन्द्र पुरी फाउण्डेसन फर कन्जरभेसनको १० औ वार्षिकोत्सको उद्घाटन गर्दै उहाँले तराईको चुरेदेखि पहाडको डाँडाहरु समेत नासिदै गएकाले देशमा ठूलो संकट निम्त्याउने बताउनुभयो । चुरेको फडानीले तराईमा अहिले नै संकट आईसकेकोमा चिन्ता व्यक्त गर्दै उहाँले पहाडमा चलेका डोजर र विकासका नाममा भएका जंगल फडानीसंगै भएको पर्यावरण विनाशको मूल्य भावी पुस्ताले चुकाउनु पर्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

पूर्वराष्ट्रपति यादवले अन्नको भण्डारको रुपमा लिईने तराई र काठमाण्डौं उपत्यकामा अन्न रित्तिसकेको, ढुङ्गेधारादेखि पानीको श्रोत सुकिसकेको, शिवपुरी डाँडा भत्कीने भन्द ै तराईदेखि पहाडसम्मका प्राकृतिक श्रोत, सम्पदा र साधनको विनाशले नराम्रो अबस्था निम्त्याउने स्मरण र्गनुभयो ।
कलकल पानी वग्ने वागमति अहिले नालामा परिणत भएको सम्झदै उहाँले काठमाण्डौं उपत्यकामा विश्व मै दूर्लभ मानिने सभ्यता, कला, संस्कृति, सम्दा र संरचनाहरु समेत मासिदै कंक्रिटका भवन ढडिदा अब हाम्रो कला, सम्पदा र संस्कृतिको पहिचान पनि मेटिने चिन्ता लागिरहेको बताउनुभयो ।
चुरेको जंगलल मासेर चार लेनको राजमार्ग निर्माण गर्दा ५०० वर्ष पुराना हजारौ रुखहरु काटिनु बिडम्बना भएको टिप्पणी गर्दै उहाँले सरकारले राजमार्ग बनाउदा प्राकृतिक श्रोतसाधनको क्षति नहुने गरि बनाउनुपर्नेमा जोड दिनुभयो । प्राकृतिक भू–बनोट नै नष्ट हुने गरि भएको विकासले विनाश मात्रै निम्त्याउने भनाई राख्दै पूर्वाराष्ट्रपति यादवले यस्तो अबस्थामा कला, संस्कृति र सम्पदा जोगाउन चुनौती बनेको बताउयनुभयो । सरकारले गर्नुपर्ने सम्पदा संरक्षणको काम एक्लो व्यक्ति रबिन्द्र पुरीले गरेकोमा प्रंशसा गर्दै उहाँले यस्तो काममा सबैको साथ र सहयोग रहनु पर्ने औल्याउनुभयो ।
कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले सम्पदाको संरक्षण गरी रविन्द्र पुरीले देशलाई ठूलो योगदान पुरयाएको चर्चा गर्दै प्राचिन कालदेखिको सम्पदालाई जोगाउनुपर्नेमा विशेष जोड दिनुभयो । परम्परागत, पुरातात्विक सम्पदा र परम्परागत मौलिक बोकेको घरहरु मासिदै जानु र नेपालको मौलिकता, परिचय नभएका ठूलठूला घरहरुको निर्माण हुनु आत्मा नभएको शरीर उभिए जस्तै भएको टिप्पणी गर्नुभयो ।




प्रतिकृया