• २१ जेठ २०८३, बिहीबार
  • ८:१४ बेलुका

एनआरटी र नेपाल पुलिस क्लब भिड्दै

प्रकाशित मिति

२०७६ पुष २८ गते, सोमबार ११:४५

काठमाडौं – राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र नेपाल पुलिस क्लब भिड्दै छन्। खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा मध्यान्ह १२ बजे पछि सुरु हुनेछ ।

अघिल्लो खेलमा च्यासलसँग पराजित भएको नेपाल पुलिस क्लब आज जित निकाल्दै चौथो स्थानमा उक्लने दाउमा हुनेछ । पुलिसले जारी सिजन ५ खेलमा २ जित १ हार र २ बराबरी खेल्दै ८ अंक जोडेर छैटौं स्थानमा छ ।यो सिजन २ अंक गुमाएको एनआरटी ५ खेलमा २ जित २ हार र १ बराबरी खेल्दै ५ अंक जोडेर ९ औं स्थानमा छ। आजको खेलमा जित निकाल्दै छैटौं स्थानमा उक्लने दाउमा एनआरटी रहने छ।

Kamana Sewa

आजै अपरान्ह ३ बजे पछि हुने दोस्रो खेलमा च्यासल युथ क्लबले विभागिय टोली एपिएफको सामना गर्नेछ। यो खेल पनि सोही मैदानमा हुनेछ । च्यासलले जारी लिगमा ५ खेल खेल्दै १ जित २ हार र २ बराबरी खेल्दै ५ अंक जोडेर तालिकाको दशौं स्थानमा छ।

Classic Tech Desktop

आजको खेल जितेको खण्डमा च्यासल छैटौं स्थानमा पुग्ने सम्भवना रहन्छ। १३ औं स्थानमा रहेको एपिएफको दाउ रेलिगेसन जोनबाट माथि उत्रने रहने छ। १ जित ३ हार र १ बराबरी खेलेको एपिएफको ४ अंक रहेको छ। आजको खेल जितेको खण्डमा एपिएफ ७ औं स्थानसम्म उक्लने सम्भावना रहन्छ।

प्रतिकृया