• २१ जेठ २०८३, बिहीबार
  • ६:०५ बेलुका

नेकपा पार्टीभित्र समस्या बढ्दो

प्रकाशित मिति

२०७६ पुष २८ गते, सोमबार ११:३५

अहिलेको सत्ताधारी नेकपा पूर्व एमाले , माओवादी र अन्य केही साना वाम समुहहरु जोडिएर बनेको नेकपा पार्टी भित्र ‘पार्टी’को समस्याका कारण ठूलो र शक्तिशाली हुदा हुदै समस्याग्रस्त हुदै गएको छ ।७४ साल जेष्ठमा दुई पार्टी एकता भएर बनेको नेकपा भित्र पूर्व माओवादीका पात्रहरु पार्टी भित्र पार्टीको अस्थित्वको खोजीमा देखिन्छन् भने ओली पूर्व एमाले भित्र अर्को पार्टी भित्र पार्टीको धारको रक्षामा केन्द्रीत भएको जस्तो देखिन्छ ।

को मुख्य छायामा समेत अन्य नेता र उनको नाममा जोडिने समुहहरु देखा परिरहेका छन् ।त्यस पछि माधव कुमार नेपाल स्पष्टै फरक मत र प्रस्ताव सहित अडानमा रहदै आएका छन् र देशै भरको सागठनिक संरचनामा उनको गतिलो उपस्थिति रहेको छ । पटक पटक जिम्मेवारी वाडफाटमा उनले गरेको दावीले यसलाई संकेत गर्दछ । उनी पनि लामो समय एमालेको नेतृत्व गरेका र पूर्व प्रधानमन्त्री भईसकेका पात्र हुन् । तसर्थ ओली र प्रचण्ड बाहेक माधव कुमार नेपालले पार्टी भित्र अर्को ‘पार्टी’ स्तरको प्रतिनिधित्व गरेको अनुमान गर्न सकिन्छ ।
त्यसै गरी ५४ सालमा माले बनाएर पुनः एमालेमा फर्किएर आएका वामदेव गौतमको धार पनि पार्टी भित्र ‘पार्टी’को समस्याको रुपमा देख्न सकिन्छ । उनले ओलीसगँ भैसेपार्टीमै गरेको सहमति अनुसार अघिल्लो महाधिवेशनमा ओली अध्यक्ष बनेका थिए ।अहिले तिनै गौतमले एमालेसगँ एकता गराउन र युद्ध अन्त्य गरी शान्ति प्रकृयामा माओवादीसगँ भेट गर्न रोल्पासम्मै पुगेर भूमिका खेलेकाले प्रचण्डसगँ पनि दवाव दिईरहेको देखिन्छ कि मलाई प्रधानमन्त्री बनाउनुस् ।

Kamana Sewa

उनलाई मत्थर पार्न प्रचण्ड ओलीले उपाध्यक्ष पद सिर्जना गरेर पदासीन गराए पनि फेरी प्रधानमन्त्री बनाउन माग गर्दै सविधान ससोधनको कुरा समेत उठाए पछि त्यो अध्यक्षद्धयले अस्वीकार गरेका छन् । उनी पनि चाहे सिंगल म्यानको रुपमा होस् या अरुमै उनलाई समेट्नै पर्ने बाध्यतामा छन् । अध्यक्षद्धय ।
वरिष्ठ नेताको हैसियत दिए पछि पूर्व प्रधानमन्त्री तथा पार्टी नेतृत्व गरीसकेका झलनाथ खनाल भने सापेक्ष रुपमा सालिन र शान्त देखिन्छन् । तर उनी एउटा टावर पर्सनालीटीको हैसियत राख्छन् र उनी पनि नेतृत्वले सवोधन गर्नु पर्ने पात्र हुन् ।

Classic Tech Desktop

त्यस पछि ओली पक्ष भनिने ईश्वर पोखरेल, विष्णु पौडेल लगायतका छन् भने प्रचण्ड भित्र पनि नारायणकाजी श्रेष्ठ र वैद्यसगँ छुटेर माओवादीमा गएका राम बहादुर थापालाई मिलाउनु पर्ने दवावमा प्रचण्ड रहदै आएको स्पष्ट छ ।
अर्कोतिर अहिले भीम रावल नेकपा भित्र प्रभावकारी चूनौतीको रुपमा स्थापित हुदै गएका छन् । खास गरी सिमा समस्या र एमसीसीको विरोधमा उनले पार्टी भित्र र सार्वजनिक रुपमा पनि राखिरहेका अडानले उनले पार्टी भित्र एउटा अलग्गै पहिचान र धार निर्माण गर्न सक्ने दिशामा उनको स्तर विकास भईरहेको देख्न सकिन्छ ।

यही अन्तरविरोध र भाषाका कारण दिनहु अध्यक्ष ओली र प्रचण्डबीच छलफल भए पनि थप दवाव सिर्जना गर्न अलग अलग बैठक हुन थालेको छ ।
सभामुख छाड्नै हुदैन भनेर प्रचण्ड निवासमा पूर्व माओवादी नेताहरु भेला भएको यस अघि नै सार्वजनिक भएको थियो ।त्यस पछि वालुवाटारमा ओली हुदा हुदै गौतमको निवास भैसेपाटीमा ओली बाहेकका नेताहरु भेला भए पछि त्यसले अर्को असन्तुष्टी र विरोधाभाष पैदा गरेको छ । पार्टीको शीर्ष अध्यक्ष तथा प्रधानमन्त्रीलाई थाहै नदिई प्रचण्डले पूर्व प्रधानमन्त्रीद्धय नेपाल र खनाल सहितका नेतासगँ छलफल गरेपछि यो अर्को अन्तरविरोध र विरोधाभाषको बिषय बनेको देखिएको छ ।

फल स्वरुप एमसीसी पारीत गर्ने नगर्ने उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई राजीनामा गराएर कसलाई सभामुख बनाउने भन्ने विषयमा सहमति जुट्न नसक्दा ससद समेत बन्धक हुन पुगेको छ । सभामुखमा पूर्व माओवादीले नै पाउनु पर्छ भन्ने र सुवास नेम्वागंलाई नै दिनु पर्छ भन्ने र अर्को तर्क शिवमाया नै रहदा के फरक पर्छ भन्ने सघंर्ष पार्टी पार्टीकै समस्या हो ।

पार्टी भित्रको अन्तरविरोधले ससदलाई महिना दिन सम्म बन्धक राख्ने प्रश्नको चौतर्फी आलोचना भएको छ ।
त्यस पछि तल झर्दा केन्द्रीय समितिमा फरक समुहको प्रतिनिधित्व स्पष्ट छ भने जनवर्गीय संगठनहरुमा पनि समस्या उस्तै बन्दै गएको छ ।
पार्टी बिशाल भए पनि गुट उपगुटको छाया जस्तो देखिने नेकपाले आफ्नो आन्तरीक अन्तरविरोधको शिकार संसद र व्यवस्थालाई बनाउनु सान्दर्भीक नहुने आलोचकहरुको तर्क छ ।

प्रतिकृया