• २१ भदौ २०८३, आइतबार
  • ९ः५५ राती

चाँगुनारायणमा ५२ घरबाट नमुना बस्तीको सुरुवात

प्रकाशित मिति

२०७६ मंसिर १९ गते, बिहीबार १२:३८

चाँगुनारायणमा ५२ घरबाट नमुना बस्तीको सुरुवात

भक्तपुर, चाँगुनारायण नगरपालिकाको नगरकोट फेदिस्थित ५२ घरबाट नमुना बस्तिको सुरुवात भएको छ । नमुना बस्तीसँगै होम स्टे सञ्चालन गर्नका लागि २ घरबाट होमस्टेको समेत सुरुवात भएको छ ।

National Life

“सफा सुग्घर घर आँगन, सफा स्वच्छ बाटो, पूर्ण सरसफाइ उन्मुख बन्दैछ चाँगुनारायणको माटो” भन्ने मूल नाराका साथ नगरकोटको फेदि नमुना समुदायमा ५२ घरले ५२ सदस्य टोली बनाइ आफ्नो ठाउँलाई स्वच्छ, सफा, दिसा पिसाब मुक्त क्षेत्र र विषाधिमुक्त तरकारी तथा अर्गानिक खानेकुराको थालनी गर्ने तयारी गरेको नगरकोट–६ का वडा संयोजक नानुमैया गिरीले जानकारी दिनुभयो ।

नगरकोटको बास्तोला गाँउमा सञ्चालनमा रहेको १७ वटा होम स्टे मध्ये २०७२ सालको भूकम्पले क्षति पुर्याएपछि अहिले ८ वटा होम स्टे सञ्चालन भइरहेको नगरकोट सामुदायिक होम स्टेका उपाध्यक्ष तथा होम स्टे एशोसियसन नेपालका केन्द्रिय सदस्य राजकुमार लामिछानेले जानकारी दिनुभयो । आगामी दिनमा १७ वटै होम स्टे संचालनका लागि तयारी भइरहेको समेत उहाँले जानकारी गराउनुभयो ।

Classic Tech Desktop

नमुना बस्तिको टोल संयोजक रुपा गजुरेलले अबका दिनहरुमा नमुना बस्तीले बनाएको आचारसंहिता अनुसार सरसफाइलाई ध्यान दिइ अर्गानिक खानेकुरामा प्राथमिकता दिने र बस्तिलाई भक्तपुर जिल्लाकै उत्कृष्ट गन्तव्य बनाउने बताउनुभयो ।

नगरकोट फेदि नमुना बस्तिको चाँगुनारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्रले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा मेयर मिश्रले चाँगुनारायणको विकासको लागि गर्न सकिने सम्भाव्यताको विषयमा र सुधार गर्नुपर्ने पक्षहरुका विषयमा विदेशी २५ जना टोलीलाई प्रिजेन्टेसन गर्दै जानकारीसमेत दिनुभएको थियो ।

प्रतिकृया