• २१ जेठ २०८३, बिहीबार
  • ४:४४ बिहान

नेपाल र भारतका राष्ट्रपतिबीच जापानमा भेटवार्ता

प्रकाशित मिति

२०७६ कार्तिक ५ गते, मंगलवार १२:२८

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय राष्ट्रपति रामनाथ कोविन्दबीच जापानमा भेटवार्ता भएको छ । राष्ट्रपतिद्वय भण्डारी र कोविन्द जापानका सम्राट नोरुहितोको गद्दी आरोहण समारोहमा सहभागी हुन टोकियोमा छन् । उनीहरु बसेकै होटलमा सोमबार बिहान भेटवार्ता भएको हो । राष्ट्रपति भएपछि उनीहरुबीच भेटवार्ता भएको पहिलोपटक हो ।

भेटमा राष्ट्रपति भण्डारीले दिएको नेपाल भ्रमणको निम्तो समकक्षी कोविन्दले स्वीकार गरेका छन् । सन् २००६ मा सांसद हुँदा भने कोविन्दले नेपाल भ्रमण गरेका थिए । भारतबाट सहयोग प्राप्त आयोजनाहरुले नेपालमा तीव्रता पाएकाबारे छलफल हुनाका साथै पेट्रोलियम पाइपलाइन निर्धारित समयभन्दा छिटो बन्नु नमूनायोग्य काम भएको भेटवार्तामा उल्लेख गरिएको जनाइएको छ ।

Kamana Sewa

सो अवसरमा नेपालका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शंकरदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा। हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं भारतीय पक्षबाट विदेश सचिव विजय गोख्ले, जापानका लागि भारतीय राजदूत सञ्जय वर्मालगायत सहभागी थिए ।

Classic Tech Desktop

प्रतिकृया