• ८ भदौ २०८३, मंगलबार
  • ९:३७ बिहान

बेनी हाइड्रोपावरको आईपीओ भदौ २२ गतेदेखि, सर्वसाधारणका लागि ८ लाख ६३ हजार २०० कित्ता

प्रकाशित मिति

२०८३ भाद्र ९ गते, मंगलवार ०९:२६

९ भदौ २०८३ काठमाडौं – बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँड गरिसकेपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। त्यसमध्ये १० लाख ४० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र १ लाख ४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँड गरिसकिएको छ।

Kamana Sewa

बाँकी शेयरमध्ये २० हजार ८०० कित्ता कम्पनीका कर्मचारी र ५२ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। त्यसपछि बाँकी ८ लाख ६३ हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ।

Classic Tech Desktop

आईपीओमा आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आईपीओमा छिटोमा भदौ २५ गतेसम्म र ढिलोमा असोज ५ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि लिमिटेड रहेको छ।

प्रतिकृया