• ४ भदौ २०८३, शुक्रबार
  • १:४२ बेलुका

सुनको मूल्य फेरि बढ्यो, तोलामा ३ हजार ३०० रुपैयाँले उकालो

प्रकाशित मिति

२०८३ भाद्र ५ गते, शुक्रबार ११:१७

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार पनि सुनको मूल्य प्रतितोला ९ हजार ३०० रुपैयाँले बढेको थियो।

Kamana Sewa

महासंघका अनुसार शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख ७१ हजार ५२० रुपैयाँ कायम भएको छ।

Classic Tech Desktop

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ८५५ रुपैयाँ थियो। यसअनुसार चाँदीको मूल्य एकैदिन प्रतितोला १३० रुपैयाँले बढेको हो।

प्रतिकृया