• १५ असोज २०८३, बिहीबार
  • ९ः४६ बिहान

एक महिनाको प्रतिनिधिसभा कार्यतालिका सार्वजनिक

प्रकाशित मिति

२०८३ श्रावण २१ गते, बिहीबार १२:३७

२१ साउन २०८३ काठमाडौं – सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाको साउन १५ देखि भदौ १५ गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ। कार्यतालिका अनुसार यस अवधिमा प्रतिनिधि सभाको बैठक कुल १० दिन बस्नेछ। सार्वजनिक कार्यतालिका अनुसार साउन महिनामा २२, २४, २५ र २६ गते तथा भदौ १, २, ३, ८, ९ र १० गते प्रतिनिधि सभाको बैठक बस्नेछ।

National Life

संसद् सचिवालयका अनुसार यो अवधिमा विधेयक पारित गर्ने, महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सम्झौतामाथि छलफल गर्ने तथा अन्य संसदीय कार्यलाई प्राथमिकतामा राखिएको छ।

यस्तै, साउन २४ तथा भदौ ४, ५, ६ र ७ गते संसदीय समितिका बैठकका लागि समय छुट्याइएकाले ती दिन प्रतिनिधि सभाको पूर्ण बैठक बस्ने छैन। संसद् सचिवालयले संसदीय अभ्यासलाई थप व्यवस्थित, प्रभावकारी र पूर्वानुमानयोग्य बनाउन यस्तो सम्भावित कार्यतालिका कार्यान्वयनमा ल्याइएको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया