एक महिनाको प्रतिनिधिसभा कार्यतालिका सार्वजनिक
प्रकाशित मिति
२०८३ श्रावण २१ गते, बिहीबार १२:३७
२१ साउन २०८३ काठमाडौं – सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाको साउन १५ देखि भदौ १५ गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ। कार्यतालिका अनुसार यस अवधिमा प्रतिनिधि सभाको बैठक कुल १० दिन बस्नेछ। सार्वजनिक कार्यतालिका अनुसार साउन महिनामा २२, २४, २५ र २६ गते तथा भदौ १, २, ३, ८, ९ र १० गते प्रतिनिधि सभाको बैठक बस्नेछ।
संसद् सचिवालयका अनुसार यो अवधिमा विधेयक पारित गर्ने, महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सम्झौतामाथि छलफल गर्ने तथा अन्य संसदीय कार्यलाई प्राथमिकतामा राखिएको छ।
यस्तै, साउन २४ तथा भदौ ४, ५, ६ र ७ गते संसदीय समितिका बैठकका लागि समय छुट्याइएकाले ती दिन प्रतिनिधि सभाको पूर्ण बैठक बस्ने छैन। संसद् सचिवालयले संसदीय अभ्यासलाई थप व्यवस्थित, प्रभावकारी र पूर्वानुमानयोग्य बनाउन यस्तो सम्भावित कार्यतालिका कार्यान्वयनमा ल्याइएको जनाएको छ।


Related
Recent News
- सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- दसैंका लागि राष्ट्र बैंकले छुट्टै नयाँ नोट वितरण नगर्ने
- एभरेष्ट बैंकको ३२औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
- एआईआईबीको वार्षिक बैठक सकेर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
- नेपालमा डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघ्यो
- प्रधानमन्त्री बालेनको सम्बोधनप्रति विश्व समुदायको उच्च चासो : परराष्ट्रमन्त्री खनाल
- इसेवामा ‘बाइ नाउ, पे लेटर’ सेवा, अब किस्ताबन्दीमै विद्युतीय स्कुटर खरिद गर्न सकिने
- भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदाय इच्छुक : परराष्ट्रमन्त्री खनाल
- सानिमा रिलायन्स लाइफको १ लाख २ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव







प्रतिकृया