व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई २४ घण्टे स्पष्टीकरण
प्रकाशित मिति
२०८३ श्रावण १९ गते, मंगलवार ०३:२८
१९ साउन २०८३ काठमाडौं – विराटनगरका प्रतिष्ठित व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा करिब पाँच घण्टासम्म प्रहरी छापा मारेर केही पनि बरामद नगरी फर्किएको घटनामा मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालसँग २४ घण्टाभित्र स्पष्टीकरण मागिएको छ।
प्रदेश प्रहरी कार्यालयले ९ बुँदे प्रश्नसहित एसपी कटवाललाई स्पष्टीकरण सोधेको हो। जिम्मेवारीमा लापरबाही, अधिकारको अनुचित प्रयोग, निर्णय प्रक्रियामा त्रुटि तथा व्यावसायिक आचरणलगायत विषयमा स्पष्ट जवाफ माग्दै प्रदेश प्रहरी कार्यालयका एसएसपी योगेन्द्रसिंह थापाले हस्ताक्षरित पत्र पठाएका छन्।

स्पष्टीकरणमा मुन्दडाको घरमा प्रहरी परिचालन गर्ने निर्णय कुन सूचना वा विश्वसनीय गोप्य सूचनाको आधारमा गरिएको थियो भन्ने प्रश्न उठाइएको छ। साथै, छापा मार्ने क्रममा ठूलो संख्यामा प्रहरी परिचालन गर्नुको अपरिहार्य कारणबारे पनि जवाफ मागिएको स्रोतले जनाएको छ।





प्रतिकृया