• ५ साउन २०८३, मंगलबार
  • ३:३० बेलुका

प्रधानमन्त्री बालेनले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै

प्रकाशित मिति

२०८३ श्रावण ४ गते, सोमबार १२:१३

४ साउन २०८३ काठमाडौं- प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग विशेष छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो १२ बजे हुने बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल तथा नासा सेक्युरिटिजका सन्दीप जलान सहभागी हुनेछन्।

यस्तै, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, प्रियाराज रेग्मी र अम्बिकाप्रसाद पौडेल पनि छलफलमा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Kamana Sewa

बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसायको विकास, बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका सम्भावना तथा समग्र राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा सरोकारवालाको सुझाव र धारणा लिने तयारी गरिएको छ।

Classic Tech Desktop

सरकारले पछिल्लो समय पुँजी बजारमा देखिएको उत्साहलाई दीर्घकालीन रूपमा संस्थागत गर्न तथा लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न क्षेत्रका प्रतिनिधिसँग निरन्तर संवादलाई प्राथमिकता दिँदै आएको छ।

प्रतिकृया