नेप्से २६.२९ अंकले घट्यो, सबै उपसूचक राताम्य
प्रकाशित मिति
२०८३ असार २२ गते, सोमबार ०३:१७
२२ असार २०८३ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार २६.२९ अंकले घटेर २६२७.११ बिन्दुमा झरेको छ। बजारमा अधिकांश कम्पनीको शेयर मूल्य घट्दा समग्र परिसूचक ओरालो लागेको हो।
आज ३५६ कम्पनीका ७५ लाख ४० हजार कित्ता शेयर किनबेच हुँदा कुल ३ अर्ब ५५ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। कारोबारका क्रममा सबै १३ वटै उपसूचक राताम्य भएका छन्। वाणिज्य बैंक समूहको उपसूचक १.०६ प्रतिशतले घट्दा विकास बैंक समूह ०.३० प्रतिशत र फाइनान्स समूह १.२४ प्रतिशतले ओरालो लागेको छ।

समग्र बजारमा बिक्री दबाब बढेसँगै सबै उपसूचकमा गिरावट देखिएको हो। कारोबार रकम भने साढे ३ अर्ब रुपैयाँभन्दा माथि कायम रहेकाले बजारमा किनबेचको सक्रियता निरन्तर रहेको देखिएको छ।

Recent News
- नेपाल बैंकको आकर्षक अटो लोन अफर: नाडा अटो शोमा आधार दरमा ०.४९% प्रिमियममै कर्जा
- बागमतीका मुख्यमन्त्री थापाले भदौ ७ गते विश्वासको मत लिने
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त
- डीडीसीको घ्यू पहिलोपटक दुबई निर्यात, ६ सय किलो पठाइयो
- रास्वपाको सचिवालयमा ११ जना थपिँदा को-को परे?
- नेप्से १० अंकले घट्यो, ४ अर्ब १६ करोडको कारोबार
- सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा
- राष्ट्र बैंक ऐन संशोधन : गभर्नर र सञ्चालकको योग्यता तथा स्वार्थको द्वन्द्वमा कडाइ
- सन नेपाल लाइफद्वारा बागमती प्रदेशका उत्कृष्ट अभिकर्तालाई सम्मान
- राष्ट्र बैंकले ८५ अर्ब निक्षेप सङ्कलन गर्दै, ब्याजदर बोलकबोलबाट तय हुने
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया