सरकारद्वारा १५ सहसचिवको सरुवा, अर्थ मन्त्रालयसहित विभिन्न निकायमा जिम्मेवारी हेरफेर
प्रकाशित मिति
२०८३ असार २२ गते, सोमबार ०२:२४
काठमाडौं । सरकारले १५ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) वा सोसरहका कर्मचारीको सरुवा गरेको छ। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा विभिन्न मन्त्रालय, संवैधानिक निकाय तथा प्रदेशमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।
सरुवाअनुसार अर्थ मन्त्रालयका सहसचिव श्यामप्रसाद भण्डारीलाई राष्ट्रपतिको कार्यालय तथा गजेन्द्रकुमार ठाकुरलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ।

यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत भीष्मकुमार भुसाल र यमलाल भुसाललाई अर्थ मन्त्रालयमा ल्याइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रेमप्रसाद आचार्यलाई पनि अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।

त्यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका रामदत्त भट्टलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गर्ने निर्णय गरिएको छ।
मन्त्रिपरिषद्ले प्रदेश सचिवहरूको जिम्मेवारीसमेत हेरफेर गरेको छ। निर्णयअनुसार परराष्ट्र मन्त्रालयका विन्देश्वरप्रसाद लेखकलाई मधेश प्रदेशको प्रदेश सचिव, अर्थ मन्त्रालयका रमेश अर्याललाई गण्डकी प्रदेशको प्रदेश सचिव तथा भरतमणि पाण्डेलाई लुम्बिनी प्रदेशको प्रदेश सचिवको जिम्मेवारी दिइएको छ। सरकारले प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन विभिन्न मन्त्रालय, संवैधानिक निकाय तथा प्रदेशमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको जनाएको छ।
सरकारले १५ जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका कर्मचारीहरूको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा विभिन्न मन्त्रालय, संवैधानिक निकाय तथा प्रदेशमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।
सरुवासँगै अर्थ मन्त्रालयमा कार्यरत केही सहसचिवलाई अन्य निकायमा पठाइएको छ भने केही नयाँ सहसचिवलाई अर्थ मन्त्रालयमा जिम्मेवारी दिइएको छ। अर्थ मन्त्रालयका श्यामप्रसाद भण्डारीलाई राष्ट्रपतिको कार्यालय तथा गजेन्द्रकुमार ठाकुरलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ।
त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत भीष्मकुमार भुसाल र यमलाल भुसाललाई अर्थ मन्त्रालयमा ल्याइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रेमप्रसाद आचार्यलाई पनि अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।
यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका रामदत्त भट्टलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।
मन्त्रिपरिषद्ले प्रदेश सचिवहरूको जिम्मेवारीसमेत हेरफेर गरेको छ। परराष्ट्र मन्त्रालयका विन्देश्वरप्रसाद लेखकलाई मधेश प्रदेशको प्रदेश सचिवमा, अर्थ मन्त्रालयका रमेश अर्याललाई गण्डकी प्रदेशको प्रदेश सचिवमा तथा भरतमणि पाण्डेलाई लुम्बिनी प्रदेशको प्रदेश सचिवमा सरुवा गरिएको छ।





प्रतिकृया