• २२ असार २०८३, सोमबार
  • ११:३९ बेलुका

संविधानको मूल मर्ममाथि छेडछाड स्वीकार्य छैन : कांग्रेस सांसद आङदेम्बे

प्रकाशित मिति

२०८३ असार २२ गते, सोमबार ०२:१४

२२ असार २०८३ काठमाडौं – नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधान संशोधनका नाममा यसको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडछाड स्वीकार्य नहुने बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आङदेम्बेले संविधान संशोधन जस्तो संवेदनशील विषयमा पर्याप्त र गम्भीर राष्ट्रिय संवाद हुन नसकेको टिप्पणी गरे।

उनले संविधानले परिकल्पना गरेको सङ्घीय संरचना र राज्य व्यवस्थामाथि हस्तक्षेप हुने गरी संशोधन गर्न खोज्नु उचित नहुने धारणा राखे। आङदेम्बेले संविधानमा समेटिएको हिमाल, पहाड, तराई र मधेशको संवेदनशीलतालाई बेवास्ता गर्न नहुने उल्लेख गर्दै संशोधन प्रक्रिया सबै पक्षको भावना समेट्ने गरी अघि बढ्नुपर्ने बताए।

Kamana Sewa

उनले सरकारले संविधान संशोधनका लागि गठन गरेको कार्यदलप्रति पनि असन्तुष्टि जनाउँदै त्यसलाई अपरिपक्व रहेको टिप्पणी गरे। संविधान संशोधनका विषयमा व्यापक सहमति, गम्भीर छलफल र लोकतान्त्रिक मूल्य–मान्यतालाई केन्द्रमा राखेर मात्र प्रक्रिया अघि बढाउनुपर्ने उनको जोड थियो।

Classic Tech Desktop

प्रतिकृया