• १२ असार २०८३, शुक्रबार
  • १:५२ बेलुका

रास्वपा महाधिवेशन : आज पाँच पदाधिकारीका लागि मतदान, महिला उपसभापतिमा सोविता–तोसिमाबीच प्रतिस्पर्धा

प्रकाशित मिति

२०८३ असार १२ गते, शुक्रबार ११:४४

१२ असार २०८३ चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज पाँच पदाधिकारी पदका लागि निर्वाचन हुँदैछ।निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम उम्मेदवार सूचीअनुसार महिला उपसभापति पदमा सोविता गौतम र तोसिमा कार्कीबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ।

महामन्त्री पदका लागि कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, मनिष झा, राजुनाथ पाण्डे, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्य चुनावी मैदानमा छन्। यसअघि उम्मेदवारी दिएका जगदीश खरेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

Kamana Sewa

त्यस्तै, सहमहामन्त्री (खुला) पदका लागि रमेश प्रसाई, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, विजय जैरु, हरि ढकाल, हिमेश पन्त र राजीव खत्री प्रतिस्पर्धामा छन्।

Classic Tech Desktop

सहमहामन्त्री (महिला) पदका लागि जुली यादव, जमुना कुमारी शर्मा, कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन्। यसअघि पुरुष उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन्। सभापति पदमा रवि लामिछाने पनि निर्विरोध चयन भएका छन्।

रास्वपाको ६ दिनदेखि जारी महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। आजको निर्वाचनबाट बाँकी पाँच पदाधिकारीको टुंगो लाग्नेछ।

प्रतिकृया