• २ असार २०८३, मंगलबार
  • १:२५ बिहान

सुनको मूल्यमा उच्च वृद्धि, एकैदिन तोलामा ५ हजार रुपैयाँ वृद्धि

प्रकाशित मिति

२०८३ असार १ गते, सोमबार ११:१९

१ असार २०८३ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि देखिएको छ । एकैदिन प्रतितोला ५ हजार रुपैयाँले बढेसँगै सुनको मूल्य नयाँ उचाइमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुका साथै स्थानीय बजारमा माग उच्च रहँदा मूल्यमा उल्लेख्य वृद्धि भएको व्यवसायीहरू बताउँछन् ।

Kamana Sewa

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १२० रुपैयाँले वृद्धि भएर ५ हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Desktop

पछिल्ला दिनहरूमा सुन–चाँदीको मूल्य निरन्तर उतारचढाव भइरहेका बेला आजको वृद्धि विशेष रूपमा उल्लेखनीय मानिएको छ । मूल्यवृद्धिसँगै सुन खरिद गर्ने उपभोक्ता र लगानीकर्ताको चासो पनि बढेको छ ।

व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको अवस्था, अमेरिकी डलरको विनिमय दर तथा भू–राजनीतिक घटनाक्रमले आगामी दिनमा पनि बहुमूल्य धातुको मूल्यमा प्रभाव पार्न सक्नेछ ।

प्रतिकृया