• ३ साउन २०८३, आइतबार
  • ४:४२ बेलुका

भक्तपुरमै उत्कृष्ट शैक्षिक गन्तव्य बन्दै मिड भ्याली कलेज

प्रकाशित मिति

२०८३ जेष्ठ ३ गते, आईतवार ०७:५१

३ जेठ २०८३ काठमाडौं- भक्तपुरको नयाँ थिमीस्थित मिड भ्याली कलेज पछिल्लो समय गुणस्तरीय शिक्षा, उत्कृष्ट नतिजा र आधुनिक शिक्षण प्रणालीका कारण विद्यार्थी तथा अभिभावकमाझ आकर्षक शैक्षिक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । “An abode of self diacovery” नारासहित सञ्चालित कलेजमा कक्षा ११ र १२ अन्तर्गत साइन्स, म्यानेजमेन्ट र कानुन संकायको पठनपाठन हुँदै आएको छ ।

कलेजले डिजिटल तथा भिजुअल शिक्षण प्रणाली, आधुनिक प्रयोगशाला, एसीसहितका कक्षा कोठा र प्रविधिमैत्री सिकाइ वातावरणमार्फत विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै आएको जनाएको छ । विज्ञान संकायका लागि फिजिक्स, केमिस्ट्री र कम्प्युटर ल्याबमार्फत नियमित प्रयोगात्मक अभ्यास गराइन्छ ।

Kamana Sewa

त्यस्तै, खेलकुद तथा सह–पाठ्यक्रम गतिविधिलाई पनि उत्तिकै प्राथमिकता दिँदै फुटसल, बास्केटबल र बीच भलिबल कोर्टको सुविधा उपलब्ध गराइएको छ । कलेजले १३ वटा क्लबमार्फत नेतृत्व विकास, रचनात्मकता र सामाजिक उत्तरदायित्व विकासमा जोड दिएको छ ।

Classic Tech Desktop

कलेजले सबै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने नीति अपनाएको छ । आर्थिक अवस्था, जीपीए र प्रवेश परीक्षाका आधारमा छात्रवृत्ति फरक–फरक हुने व्यवस्था रहेको छ । विद्यार्थीलाई ११ कक्षादेखि नै प्रि–इन्जिनियरिङ र प्रि–मेडिकल तयारी गराइने तथा नियमित प्रयोगात्मक अभ्यासमार्फत आत्मविश्वास बढाइने गरिएको छ ।

कलेजका अनुसार कक्षा ११ का लागि प्रवेश परीक्षा जेठ ६ गते बिहान ८ बजेदेखि सञ्चालन हुनेछ । स्कुल तथा जिल्ला टपर विद्यार्थीका लागि छुट्टाछुट्टै स्कॉलरशिप परीक्षा पनि सञ्चालन गरिने जनाइएको छ । साथै, कलेजले भक्तपुरमै गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै विद्यार्थीलाई विदेश पलायनभन्दा देशमै अवसर खोज्न प्रेरित गर्ने लक्ष्य लिएको छ ।

प्रतिकृया