• २ भदौ २०८३, बुधबार
  • ३:५० बिहान

मदन–आश्रितको विचारले परिवर्तनको यात्रा अघि बढाइरहेको छ : ओली

प्रकाशित मिति

२०८३ जेष्ठ ३ गते, आईतवार ०८:००

३ जेठ २०८३ काठमाडौं- मदन–आश्रित स्मृति दिवसका अवसरमा केपी शर्मा ओलीले जनताको बहुदलीय जनवादको वैचारिक विरासतले परिवर्तनको यात्रालाई निरन्तर अघि बढाउन प्रेरित गरिरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले ३३ वर्षअघि दासढुंगामा भएको घटनामा मदन भण्डारी र जीवराज आश्रितलाई गुमाउनु नेपाली कम्युनिष्ट आन्दोलनका लागि ठूलो क्षति भएको उल्लेख गरेका हुन् ।

ओलीले मदन भण्डारीलाई युगद्रष्टा नेता तथा सहयोद्धाका रूपमा स्मरण गर्दै जनताको बहुदलीय जनवादले नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ वैचारिक दिशा दिएको बताएका छन् । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान पनि सोही वैचारिक धरातलमा अघि बढाइएको दाबी गरेका छन् ।

Kamana Sewa

२०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको सवारी दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितको निधन भएको थियो ।

Classic Tech Desktop

प्रतिकृया