भक्तपुरको मिड भ्याली कलेज : गुणस्तरीय शिक्षा, आधुनिक सुविधा र समग्र विकासमा केन्द्रित शैक्षिक गन्तव्य
प्रकाशित मिति
२०८३ बैशाख ३१ गते, बिहीबार ०२:०९
सुभाष कुँवर –
३१ बैशाख २०८३ काठमाडौं- पछिल्लो समय भक्तपुरमै गुणस्तरीय शिक्षा, उत्कृष्ट नतिजा र अनुशासित शैक्षिक वातावरणमार्फत आफ्नो अलग पहिचान बनाउन सफल मिड भ्याली कलेजले विद्यार्थीमाझ विश्वासिलो शैक्षिक गन्तव्यका रूपमा आफूलाई स्थापित गरिरहेको छ । सुविधासम्पन्न भवनमा मन्टेश्वरीदेखि कक्षा १२ सम्मको अध्ययन–अध्यापन सञ्चालन गर्दै आएको कलेजले आधुनिक शिक्षण प्रणालीमार्फत विद्यार्थीको समग्र विकासमा विशेष जोड दिँदै आएको छ ।

कक्षा ११ र १२ हरेक विद्यार्थीका लागि जीवनकै महत्वपूर्ण मोड मानिन्छ । यही चरणबाट भविष्यको करिअर, लक्ष्य र सम्भावनाको बाटो तय हुन थाल्छ । त्यसैले यो समय विद्यार्थीका लागि बढी मेहनत, निरन्तर अभ्यास र स्पष्ट तयारी आवश्यक पर्ने शैक्षिक चरण हो । माध्यमिक तहको अन्तिम खुड्किलोका रूपमा रहेको प्लस टु अध्ययनलाई सफल भविष्यतर्फको आधार निर्माण गर्ने चरणका रूपमा पनि लिइन्छ ।

विद्यार्थीले यही चरणमा गर्ने अध्ययन, अनुशासन र मेहनतले उनीहरूलाई लक्ष्यतर्फ अघि बढ्ने आधार तयार गर्छ । यद्यपि जीवनमा एउटा मात्र बाटो अन्तिम हुँदैन । समय, परिस्थिति र रुचिअनुसार नयाँ सम्भावना र अवसरहरू खुल्दै जान्छन् । तर पनि प्लस टु तह भनेको विद्यार्थीले आफ्नो क्षमता निखार्ने, प्रतिस्पर्धी बन्ने र भविष्यका लागि बलियो आधार तयार गर्ने महत्वपूर्ण प्राज्ञिक चरण हो ।
माध्यमिक शिक्षाकै रूपमा परिभाषित गरिएपनि कक्षा ११ मा प्रवेश गर्दै गर्दा उच्च शिक्षाको आधार यहीँबाट तय हुने भएकाले यो चरण विद्यार्थीका लागि विशेष मानिन्छ । भोलि के बन्ने ? कस्तो पेशा–व्यवसाय रोज्ने ? कुन क्षेत्रमा करियर बनाउने ? यी सम्पूर्ण कुराको आधार निर्माण गर्ने चरण हो, कक्षा ११ र १२ । त्यसका लागि छोटो समयमै गुणस्तरीय शिक्षा, प्रयोगात्मक सिकाइ, रचनात्मकता र विद्यार्थीको समग्र विकासमा केन्द्रित मिड भ्याली कलेज भक्तपुरका विद्यार्थी, अभिभावक र शैक्षिक क्षेत्रका व्यक्तिहरूमाझ लोकप्रिय बन्दै गएको छ ।
“Adobe of Self Discovery” भन्ने मूल नारासहित स्थापना गरिएको यस कलेजले शिक्षाको माध्यमबाट व्यक्तिगत, पारिवारिक र सामाजिक रूपान्तरणको महत्वलाई आत्मसात गरेको छ । मिड भ्याली कलेजमा हाल प्लस टु तहमा साइन्स, म्यानेजमेन्ट र ल (कानुन) संकायमा अध्यापन भइरहेको छ ।
कक्षा ११ का लागि जेठ ६ गते बिहान ८ बजेदेखि प्रवेश परीक्षा (Entrance) सञ्चालन हुने भएको छ । स्कुलका अनुसार स्कॉलरशिप परीक्षा स्कुल टपर र जिल्ला टपरका लागि छुट्टाछुट्टै हुने जनाएको छ ।

गुणस्तरीय शिक्षा र समावेशी वातावरण
मध्यपुर थिमीको मुख्य क्षेत्रमा अवस्थित यस कलेजले विज्ञान, व्यवस्थापन र कानुन संकायमा कक्षा ११ र १२ को अध्ययन गराउँदै आएको छ । विद्यार्थीलाई शैक्षिक मात्र नभई सामाजिक र व्यक्तिगत रूपमा पनि सक्षम बनाउने उद्देश्यले कलेजले समावेशी सिकाइ वातावरण तयार गरेको छ ।
डिजिटल तथा भिजुअल शिक्षण प्रणाली, व्यक्तिगत कुर्सीसहितको व्यवस्थित कक्षा कोठा, एसी सुविधा, अडियो–भिडियो लेक्चर सामग्रीलगायत प्रविधिमैत्री व्यवस्थाले विद्यार्थीलाई सहज र गुणस्तरीय अध्ययन वातावरण प्रदान गर्दै आएको छ ।
आधुनिक प्रयोगशाला र खेलकुद सुविधा
कलेजमा विज्ञान संकायका लागि अत्याधुनिक केमिस्ट्री, फिजिक्स र कम्प्युटर ल्याब रहेका छन्, जहाँ प्रयोगात्मक शिक्षालाई विशेष प्राथमिकता दिइएको छ । प्रत्येक ल्याबमा प्रशिक्षित शिक्षकको सहयोगमा विद्यार्थीले प्रत्यक्ष प्रयोगात्मक अनुभव लिने अवसर पाउँछन् ।
खेलकुदलाई शिक्षा सरह महत्त्व दिँदै मिड भ्याली कलेजले फुटसल, बास्केटबल र विशेषगरी कलेज परिसरमै बीच भलिबल कोर्टको सुविधा उपलब्ध गराएको छ । अतिरिक्त क्रियाकलापअन्तर्गत फुटसल प्रतियोगिता तथा अन्य खेलकुद कार्यक्रम नियमित रूपमा आयोजना गरिन्छ । निकट भविष्यमा फुटबल, भलिबल र क्रिकेट समेटिएको स्पोर्ट्स एकेडेमी सञ्चालन गर्ने योजना पनि कलेजले अघि सारेको छ ।
नवीन शिक्षण विधि र क्लब गतिविधि
कलेजले समूह परियोजना, नवप्रवर्तनात्मक कार्य, नेतृत्व विकास गतिविधि, आलोचनात्मक तथा रचनात्मक सोच, फील्ड भिजिटलगायत विद्यार्थी केन्द्रित शिक्षण विधि अवलम्बन गर्दै आएको छ । १३ वटा क्लबमार्फत विद्यार्थीको सृजनशीलता, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व विकासमा जोड दिइएको छ ।
छात्रवृत्ति र समावेशी पहुँच
मिड भ्याली कलेजले शैक्षिक, सामाजिक र आर्थिक विविधतालाई समेट्दै ३६ भन्दा बढी छात्रवृत्ति मापदण्ड तयार गरेको छ । जेहेन्दार, आर्थिक रूपमा कमजोर, दलित, जनजाति, सिंगल अभिभावक भएका विद्यार्थी, मधेशी, थारु तथा सातै प्रदेशका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिन्छ । यसले सामाजिक न्याय र समान अवसरप्रतिको कलेजको प्रतिबद्धता झल्काउँछ ।
समाज रूपान्तरण र 3D मोडल
कलेजले “Social Change Model” र “3D Model (Dream, Discipline, Dedication)” मार्फत शिक्षालाई केवल किताबी ज्ञानमा सीमित नराखी व्यवहारिक परिवर्तनको माध्यम बनाउने दृष्टिकोण अघि सारेको छ । कलेजको विश्वास छ—एक विद्यार्थी परिवर्तन भयो भने परिवार परिवर्तन हुन्छ, र परिवार परिवर्तन भयो भने समाज परिवर्तन हुन्छ ।
स्थान र पहुँच
अरनिको राजमार्ग नजिकै, मध्यपुर अस्पतालदेखि करिब १२० मिटर दूरीमा रहेको कलेजमा काठमाडौं, ललितपुर, काभ्रे र भक्तपुरबाट सहजै आवतजावत गर्न सकिन्छ । कलेजको पहुँच, सुविधा र वातावरणका कारण राजधानीमै पढ्नुपर्छ भन्ने सोच राख्ने विद्यार्थीका लागि पनि यो उपयुक्त विकल्प बन्दै गएको छ ।
कलेजका प्रिन्सिपल गोविन्द जोशीका अनुसार, “भक्तपुरकै विद्यार्थीले काठमाडौं जानु नपरी यहीं बसेर गुणस्तरीय शिक्षा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले मिड भ्याली स्थापना गरिएको हो । स्थानका हिसाबले पनि यो निकै उपयुक्त छ । साथै, कलेजले एकेडेमिक, स्पोर्ट्स र सह–पाठ्यक्रम गतिविधिमा समान रूपमा ध्यान दिइरहेको छ,” उनले भने ।
मिड भ्याली कलेजले अत्याधुनिक पूर्वाधार, अनुभवी शिक्षक टोली, समावेशी नीति, प्रयोगात्मक शिक्षा, खेलकुद तथा सह–पाठ्यक्रम गतिविधिको समन्वयमार्फत समृद्ध र सशक्त शैक्षिक वातावरण निर्माण गरेको छ । क्यारियरको प्रारम्भिक मोडमा रहेका विद्यार्थी र अभिभावकका लागि मिड भ्याली कलेज विश्वासिलो र प्रभावकारी शैक्षिक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।
विस्तृत जानकारीका लागि मिड भ्याली एसएस कलेज, नयाँ थिमी भक्तपुरको सम्पर्क नम्बर ०१–५९२१२०४, ९८०२३७१७३० र ९८०२३७१७३१ मा सम्पर्क गर्न सकिनेछ ।




प्रतिकृया