• ४ साउन २०८३, सोमबार
  • २:०५ बिहान

वर्षाका कारण बाढी–पहिरो: प्रमुख राजमार्गहरू अवरुद्ध, कतै एकतर्फी मात्र सञ्चालन

प्रकाशित मिति

२०८३ बैशाख १८ गते, शुक्रबार १०:०९

१८ बैशाख २०८३ काठमाडौं- देशका विभिन्न भागमा पछिल्लो समय परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले मुख्य राजमार्गहरूमा आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार केही राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी रूपमा मात्र यातायात सञ्चालन भइरहेको छ।

संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण क्षेत्रमा वैशाख १७ गते गएको पहिरोका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकुमा वैशाख १६ गते खसेको पहिरोले अरनिको राजमार्ग पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

Kamana Sewa

त्यसैगरी, लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङमा वैशाख १७ गते गएको पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। उता, कपिलवस्तुको शिवराज नगरपालिका–१ र भोजपुरको भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा वैशाख १२ गते आएको बाढीले क्षति पुर्‍याएको मध्यपहाडी लोकमार्ग हाल एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

Classic Tech Desktop

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा वैशाख १६ गते गएको पहिरोपछि बेनी–जोमसोम सडकखण्ड पनि एकतर्फी रूपमा मात्र खुला गरिएको छ। प्रहरीले जोखिमयुक्त क्षेत्रको यात्रा गर्दा सतर्कता अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिकृया