• ४ साउन २०८३, सोमबार
  • ३:५५ बिहान

सीआईबीद्वारा हिरासतमा रहेका शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

प्रकाशित मिति

२०८३ बैशाख १५ गते, मंगलवार ०१:४४

१५ बैशाख २०८३ काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष तथा उद्योगी शेखर गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हिरासतमा राखेकोविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले विपक्षीका नाममा उक्त आदेश जारी गरेको हो। गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले २४ घण्टाभित्र बन्दीसहित लिखित जवाफ पेस गर्न समेत आदेश दिएको छ।

Kamana Sewa

यसअघि सोमबार काठमाडौँ जिल्ला अदालतले गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले थुनामा राख्ने म्याद थपको अनुमति दिएको हो।

Classic Tech Desktop

गोल्छालाई सीआईबीले गत बिहीबार (वैशाख १०) नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो।

प्रतिकृया