• ३१ भदौ २०८३, बुधबार
  • ६ः१६ बेलुका

एसईईपछि विद्यार्थीलाई मार्गदर्शन गर्न ‘इन्स्पायर सिरिज’ कार्यक्रम सुरु

प्रकाशित मिति

२०८३ बैशाख ३ गते, बिहीबार ०४:०५

३ बैशाख २०८३ काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले एसईई परीक्षा दिएका विद्यार्थीलाई लक्षित गर्दै ‘इन्स्पायर सिरिज’ कार्यक्रम सुरु गरेको छ।परीक्षापछि नतिजाको पर्खाइमा रहेका विद्यार्थीलाई समयको सदुपयोग गराउँदै आफ्नो रुचि पहिचान गर्न र नयाँ सीप सिक्न प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको मन्त्रालयले जनाएको छ।

National Life

यस कार्यक्रममार्फत विभिन्न क्षेत्रका सफल व्यक्तिहरूले आफ्ना संघर्ष, अनुभव र प्रेरणादायी कथाहरू साझा गर्नेछन्। उक्त सामग्री सामाजिक सञ्जालमार्फत प्रसारण गरिनेछ, जसले विद्यार्थीलाई भविष्यको मार्गनिर्देशन गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

शिक्षामन्त्री सस्मित पोखरेल का अनुसार ‘इन्स्पायर सिरिज’ ले विद्यार्थीलाई नयाँ सम्भावना खोज्न, आत्मविश्वास बढाउन र आत्मविकासतर्फ अघि बढ्न प्रेरित गर्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्रालयले परीक्षापछिको समयलाई सिर्जनात्मक रूपमा प्रयोग गर्न तथा आफ्ना क्षमता निखार्न विद्यार्थीलाई विशेष आग्रह गरेको छ।

प्रतिकृया