• ३ साउन २०८३, आइतबार
  • ३:५४ बेलुका

नेप्सेमा तीव्र गिरावट : दोहोरो अंकले घट्दा कारोबार रकम पनि खुम्चियो

प्रकाशित मिति

२०८३ बैशाख ३ गते, बिहीबार ०३:५५

३ बैशाख २०८३ काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (NEPSE) परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से ३३.८३ अंकले ओरालो लाग्दै २८३३.०३ विन्दुमा बन्द भएको हो।

यसदिन बजारसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन १० अर्ब ५३ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार घटेर ९ अर्ब ३१ करोड रुपैयाँमा सीमित भएको छ।

Kamana Sewa

बिहीबार कुल ३४२ वटा धितोपत्रको २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता सेयर किनबेच भएको छ। बजारमा गिरावट हावी हुँदा २३६ कम्पनीको सेयर मूल्य घटेको छ भने ३१ कम्पनीको मूल्य बढेको छ। यस्तै, ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

Classic Tech Desktop

यद्यपि, बजार समग्रमा घटे पनि केही कम्पनीका लगानीकर्ताले राम्रो आम्दानी गरेका छन्। पाँच कम्पनीमा सकारात्मक सर्किट लागेको छ। रिज लाइफ इनर्जी र सूर्यकुण्ड हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने होटल फरेस्ट इन, पाल्पा सिमेन्ट र शिखर पावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ।

समग्रमा, अधिकांश समूहमा गिरावट देखिँदा बजार दबाबमा परेको विश्लेषण गरिएको छ।

प्रतिकृया