• १ असोज २०८३, बिहीबार
  • ५ः३० बेलुका

एनआईसी एशिया बैंकद्वारा ४४ शाखा समायोजन, धेरै शाखा बन्द

प्रकाशित मिति

२०८३ बैशाख ३ गते, बिहीबार ११:२५

३ बैशाख २०८३ काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेड ले ठूलो संख्यामा शाखा कार्यालय समायोजन गरेको छ। बैंकले एकैपटक ४४ वटा शाखा कार्यालय समायोजन गरी बन्द गरेको हो।

National Life

बैंकका अनुसार काठमाडौं उपत्यका, चितवन, कास्की, मोरङ र पर्सालगायतका जिल्लामा रहेका शाखाहरू समायोजन गरिएको हो। समायोजन गरिएका शाखामध्ये नागपोखरी, पुतलीसडक, दरबारमार्ग, ज्ञानेश्वर, बागबजार, माछापोखरी, चाबहिल, बानेश्वर, कपन, गोंगबु, टेकु लगायतका काठमाडौंका शाखा रहेका छन्।

त्यस्तै ललितपुरका लगनखेल, मंगलबजार, सानेपा, ग्वार्को लगायतका शाखा पनि समायोजनमा परेका छन्। चितवन, कास्की, मोरङ र पर्साका केही शाखा कार्यालयहरू पनि बन्द गरिएको बैंकले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकले आज वैशाख ३ गतेदेखि लागू हुने गरी उक्त निर्णय कार्यान्वयन गरेको हो। समायोजन गरिएका शाखा पूर्ण रूपमा बन्द रहनेछन् भने सेवाहरू अब नजिकका सञ्चालनमा रहेका शाखाबाट प्रदान गरिने बैंकले जनाएको छ।

प्रतिकृया