• ३ साउन २०८३, आइतबार
  • ३:५१ बेलुका

आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन

प्रकाशित मिति

२०८२ चैत्र २७ गते, शुक्रबार १०:०१

२७ चैत,२०८२ काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक बिदाको दिन आइतबार पनि अस्पतालहरूमा ओपीडी (बहिरङ्ग) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे पनि स्वास्थ्य सेवालाई निरन्तर र प्रभावकारी बनाउन मन्त्रालयले यस्तो व्यवस्था मिलाउन सबै स्वास्थ्य निकायलाई अनुरोध गरेको हो।

मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार अस्पतालहरूले आफ्नो कार्यबोझ र उपलब्ध जनशक्ति हेरेर आइतबार ओपीडी सेवा सञ्चालन गर्नुपर्नेछ। आइतबार सेवा प्रवाहमा खटिने कर्मचारीलाई शनिबारबाहेक साताको अन्य दिन बिदा दिने वा सो सम्भव नभए सट्टा बिदा उपलब्ध गराउन पनि निर्देशन दिइएको छ।

Kamana Sewa

उक्त व्यवस्था प्रादेशिक अस्पतालहरूमा समेत लागू गर्न र सम्बन्धित प्रदेशका स्वास्थ्य मन्त्रालयहरूसँग आवश्यक समन्वय गर्न भनिएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा सर्वसाधारणको सहज पहुँच सुनिश्चित गर्न र सेवा प्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले यो निर्णय गरिएको उल्लेख गरिएको छ।

Classic Tech Desktop

प्रतिकृया