• ३ साउन २०८३, आइतबार
  • ३:५३ बेलुका

राष्ट्रपति पौडेलले आज संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने

प्रकाशित मिति

२०८२ चैत्र २७ गते, शुक्रबार ०९:४६

राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ९५ बमोजिम राष्ट्रपति पौडेलले दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

राष्ट्रपतिको सम्बोधन प्रयोजनका लागि संघीय संसद सचिवालयले आज दिउँसो ३ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आव्हान गरेको जनाएको छ ।

Kamana Sewa

प्रतिकृया