• ४ साउन २०८३, सोमबार
  • २:२६ बिहान

नेप्सेमा गिरावट, कारोबार ६ अर्ब ७३ करोड नाघ्यो

प्रकाशित मिति

२०८२ चैत्र २४ गते, मंगलवार ०४:२४

२४ चैत,२०८२ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार २.६१ अंकले घटेर २७५७ बिन्दुमा झरेको छ। आज ३४५ कम्पनीको १ करोड ७४ लाख ६ हजार कित्ता शेयर किनबेच हुँदा कुल ६ अर्ब ७३ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारका क्रममा अधिकांश उपसूचक राताम्य देखिए पनि केही क्षेत्रमा सुधार देखिएको छ। विकास बैंक समूह ०.६२ प्रतिशत, फाइनान्स समूह ०.४१ प्रतिशत, इन्भेष्टमेन्ट समूह ०.४६ प्रतिशत, जीवन बीमा समूह ०.४५ प्रतिशत र निर्जीवन बीमा समूह ०.३३ प्रतिशतले वृद्धि दर्ज गरेका छन्।

Kamana Sewa

आज ८२ कम्पनीको शेयर मूल्य बढ्दा १७५ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ। बजारमा सामान्य गिरावट आए पनि कारोबार रकम उल्लेख्य देखिएकोले लगानीकर्ताको सक्रियता भने कायम रहेको देखिन्छ।

Classic Tech Desktop

प्रतिकृया