• ३ असोज २०८३, शनिबार
  • ५ः१५ बेलुका

कालिन्चोक हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ चैत्र २५ गते, बुधबार ०७:५३

२५ चैत,२०८२ काठमाडौं – कालिन्चोक हाइड्रोपावर लिमिटेड ले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज चैत २५ गते अन्तिम दिन रहेको छ। कम्पनीले चैत २२ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले कुल १३ लाख ७५ हजार कित्ता साधारण शेयर (आईपीओ) बिक्री खुला गरेको हो।

National Life

यसअघि कम्पनीले ५ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ। जारी कुल आईपीओमध्ये ४१ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि र १६ हजार ५०० कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ। बाँकी ६ लाख ८४ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपाल ले “केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग” प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड ले सम्हालेको छ।

प्रतिकृया