• ४ असोज २०८३, आइतबार
  • ६ः४० बिहान

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८२ चैत्र २५ गते, बुधबार ०८:१२

२५ चैत,२०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभाग ले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। विभागका अनुसार अहिले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत बागमती प्रदेश र कोशी प्रदेश का हिमाली भू–भागमा साधारणतया बदली रहेको छ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहेको छ।

National Life

देशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ।आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पूर्ण बदली रहनेछ भने अन्य भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ। यी प्रदेशका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

यसैगरी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ। साथै मधेशसहित विभिन्न प्रदेशका तराई तथा पहाडी क्षेत्रमा हावाहुरीको समेत जोखिम रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आज राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरै स्थान तथा अन्य पहाडी र हिमाली भू–भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागको पूर्वानुमान छ।

प्रतिकृया