• ४ साउन २०८३, सोमबार
  • ४:०८ बिहान

राजश्व चुहावट नियन्त्रणबारे उच्चस्तरीय छलफल आज

प्रकाशित मिति

२०८२ चैत्र १९ गते, बिहीबार ०९:४७

१९ चैत,२०८२ काठमाडौं – स्वर्णिम वाग्लेले राजश्व चुहावट नियन्त्रणका लागि उच्चस्तरीय छलफल बोलाएका छन्। बिहीबार अर्थ मन्त्रालयमा बिहान ११ बजे सुरु हुने बैठक करिब एक घण्टा चल्ने मन्त्रालयका सहसचिव तथा प्रवक्ता टंक प्रसाद पाण्डेयले जानकारी दिएका छन्।

अर्थमन्त्री वाग्लेको अध्यक्षतामा बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ र गृह मन्त्रालयका सचिवहरू, राजश्व प्रशासनका उच्च अधिकारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल का प्रमुख सहभागी हुनेछन्।

Kamana Sewa

यस्तै, राजश्व प्रशासनसँग सम्बन्धित अर्थ मन्त्रालयका महाशाखा तथा विभागका प्रमुखहरू पनि बैठकमा सहभागी हुनेछन्।

Classic Tech Desktop

प्रतिकृया