• ३ साउन २०८३, आइतबार
  • ४:४२ बेलुका

एसईई आजदेखि सुरु, ५ लाख बढी विद्यार्थी सहभागी

प्रकाशित मिति

२०८२ चैत्र १९ गते, बिहीबार ०९:११

१९ चैत,२०८२ काठमाडौं – नेपालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकैसाथ सुरु भएको छ। यस वर्ष परीक्षामा कुल ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी सहभागी भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ जना विद्यार्थीले परीक्षा दिइरहेका छन् भने ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ जना सहभागी छन्।

Kamana Sewa

यस वर्ष परीक्षामा छात्राको सङ्ख्या छात्रभन्दा बढी रहेको छ। तथ्यांक अनुसार २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र तथा अन्य ७ जना परीक्षार्थी सहभागी छन्। परीक्षा सञ्चालनका लागि देशभर १ हजार ९ सय ६६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। साथै, जापानस्थित एक परीक्षा केन्द्रबाट पनि २३ जना विद्यार्थीले परीक्षा दिइरहेका छन्।

Classic Tech Desktop

परीक्षा शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक सुरक्षा र अनुगमनको व्यवस्था गरिएको सम्बन्धित निकायले जनाएको छ।

प्रतिकृया