• ४ साउन २०८३, सोमबार
  • १:३६ बिहान

मतपत्र छपाइ अन्तिम चरणमा, ६३ जिल्लाको काम सकियो

प्रकाशित मिति

२०८२ फाल्गुन २ गते, शनिबार १०:०३

२ फाल्गुन, २०८२ काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोग नेपाल का अनुसार अब काठमाडौँ उपत्यका आसपासका जिल्लाका निर्वाचन क्षेत्रका मतपत्र मात्र छाप्न बाँकी रहेको छ।

भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र मा नियमित रूपमा छपाइ जारी छ। हालसम्म ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भइसकेको छ भने एक करोड ७१ लाख ६३ हजार मतपत्र तयार भइसकेका छन्।

Kamana Sewa

आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार छापिएका मतपत्र प्याकिङसमेत भइसकेको छ। हालसम्म १५ हजार ३७१ बाकस मतपत्र प्याकिङ गरिएको छ। दैनिक ११ देखि १५ लाखसम्म मतपत्र छपाइ र करिब एक हजार बाकस प्याकिङ भइरहेको जनाइएको छ।

Classic Tech Desktop

तीन दिनभित्र बाँकी जिल्लाको मतपत्र छपाइ सकिने अनुमान गरिएको छ। छपाइ सम्पन्न मतपत्र कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा ढुवानी सुरु गरिएको आयोगले जनाएको छ।

प्रतिकृया