• ३१ भदौ २०८३, बुधबार
  • १०ः५५ राती

टी–२० विश्वकप: इंग्ल्याण्डले नेपाललाई १८५ रनको लक्ष्य प्रस्तुत

प्रकाशित मिति

२०८२ माघ २५ गते, आईतवार ०५:१०

काठमाडौं — आईसीसी टी–२० विश्वकपअन्तर्गत मुम्बईको वानखेडे रंगशालामा जारी खेलमा इंग्ल्याण्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८४ रन बनायो।

National Life

इंग्ल्याण्डका ज्याकब बेथेलले ३५ बलमा ५५ रन बनाए, ह्यारी ब्रुकले ३२ बलमा ५३ रन जोडे र विल ज्याक्सले १८ बलमा ३९ रन बनाउँदै टोलीलाई बलियो स्थिति दिलाए।

बलिङतर्फ नेपालका नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए भने सन्दीप लामिछाने र शेर मल्लले समान एक–एक विकेट लिए।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालको प्लेइङ–११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्शन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने छन्।

नेपाल समूह ‘सी’ मा इंग्ल्याण्ड, वेस्ट इण्डिज, इटाली र स्कटल्यान्डसँगै रहेको छ।

प्रतिकृया