• ३१ भदौ २०८३, बुधबार
  • ९ः३४ राती

आज उच्च पहाडी क्षेत्रमा हल्का वर्षा-हिमपातको सम्भावना

प्रकाशित मिति

२०८२ माघ २६ गते, सोमबार ०९:०१

२६ माघ,२०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। विभागका अनुसार अहिले तराईका थोरै स्थानमा हुस्सु लागेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ। अन्य भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

National Life

आज दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। सुदूरपश्चिमसहित देशका पहाडी र हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

आज राति पनि तराईका थोरै स्थानमा हुस्सु रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारण बदली र अन्य क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया